काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पाटिका उम्मेदवारी दिइएका उम्मेदवारहरुले भ्रष्टचार शुन्य बनाउने प्रतिवद्धता गरेका छन् । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताउनु भएको छ ।
कोइरालाले विराटनगर १३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने उल्लेख गरेका छन् । महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने कोइरालाले जानकारी दिइएका छन् ।
निर्वाचनमा जसपाबाट उपप्रमुखका उम्मेदवार दिइएका अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोश्रो ठूलो सहर निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिराटनगर प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा बिराट राजा दरवारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाएका छन् । वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यक्तालाई ध्यानमा राखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Add Comment