काठमाडौँ । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको थियो । हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी गराएको छ ।
२०७८.७९ को ९ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिइएका छन् ।
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी १ खर्ब ३९ अर्ब थियो ।
चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जानकारी दिइएको छ । हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् ।
Add Comment