अदालतबाट १३ लाख जरिवना ठहर भएका तामाङ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका ४ का ३५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उच्च अदालत पाटनको विसं ०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय १३ लाख जरिवना ठहर भएकालाई तामाङलाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिइएका छन् ।

तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जानकारी दिइएको छ । उनलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले जानकारी दिइएको छ ।