‘एनआईसी एशिया बैकको नयाँ योजना’ मा निक्षेपकर्तालाई १० गुणा रकम

काठमाडौं । विभिन्न योजनाहरु सार्वजनिक गर्दै सेवाग्राहीहरुको मन जित्न सफल रहेको एनआईसी एशिया बैकले निक्षेपकर्तालाई १० गुण रकम भुक्तानी गर्ने गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

बैकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च व्याजदर सहितकते नवीनतम एनआईसी सर्वश्रेष्ठ १० गुण मुद्धती योजना ल्याएको हो ।

हाललाई छोटो अवधिसम्म लागू हुने ल्याएको यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने बैकले जनाएको छ ।

निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने गरी बैकले योजना सार्वजनिक गरेको छ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको निकै उत्साहजनक सहभागिता रहिआएको समेत वैकले जनाएको छ ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै गएको बैंकको नीति तथा रणनीति रहेअनुरुप यस अघि ल्याएका निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको र मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको वैकका नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।