काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवाले एक ट्विट मार्फत आबे विश्वको एक प्रसिद्ध नेता मात्र नभएर नेपालका एक असल मित्र पनि भन्दै स्मरण गरेका छन् । यस दुखद घडीमा जापानी जनता र शोकसम्तप्त परिवारप्रति प्रधानमन्त्री देउवाले समवेदना प्रकट गरेका छन् ।
यसैगरी, पूर्व प्रधानमन्त्री केपी ओलीले पनि ट्विट गदैै आबेको हत्याको घटनाको भर्त्सना गरे । आफ्नो कार्यकालमा आबेले नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्याउन खेलेको महत्त्वपूर्ण भूमिकाको सम्झना पनि पूर्व प्रधानमन्त्री ओलीले गरेका छन् ।
Add Comment