काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरू राष्ट्र निर्माणका प्रवद्र्धक र विकास निर्माणका संवाहक भएको बताएका छन् ।
नेपाल इन्जिसिनयर्स एशोसिएनद्वारा काठमाडौँमा आयोजित ६०औँ इन्जिनियरस् दिवस समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विकास पूर्वाधारको डिजाइन, निर्माणलाई द्रुत गतिमा अगाडि बढाउन तथा देशको आर्थिक विकासलाई सहयोग पुर्याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि इन्जिनियरहरूको अतुलनीय भूमिका हुने बताए ।
प्रधानमन्त्री देउवाले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको भन्दै, आर्थिक समृद्धिको विकास कोर्न र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरहरू व्यावसायिक तथा क्रियाशील हुनुपर्ने उल्लेख गरे ।
इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले राष्ट्रका लागि उच्च योगदान पुर्याउने इन्जिनियरहरुलाई विभिन्न सात विधामा सम्मान समेत गरे ।
कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिनियरहरूले विकास निर्माणमा कुनै पनि सम्झौता नगरी पेशागत मर्यादा कायम राख्नुपर्ने बताएका छन् ।
कार्यक्रममा, नेपाल इन्जिसिनयर्स एशोसिएनको स्मारिका समेत विमोचन गरिएको थियो ।
Add Comment