काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज भेटेका छन् । दाहाल भेट्न उनकै निवास खुमलटार पुगेका खाँण र दाहालवीच राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।
गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि उनकै निवासमा पुगेर कुराकानी गरेका थिए ।
Add Comment