काठमाडौँ । पहिरोका कारण चार महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी सडक अझै सञ्चालन हुन सकेको छैन् । सो सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयलाई दशैं तिहारको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न समस्या भएको छ।
सडक डिभिजन कार्यालय अछामका अनुसार, अम्कोट बल्दे सडकलाई स्थानीय प्रयासमा सञ्चालन गर्न नसकेपछि अस्थायीले सञ्चालनको पहल गर्न माग गरेका छन्। स्थानीयले सडक खुलाउन गरेको प्रयासलाई लगातारको वर्षाले अवरोध गरेको छ।
सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउने गरी काम सुरु गरेको भए पनि फेरि पानी परेपछि अहिले त्यो ठाउँमा काम गर्न समस्या भएको बताए ।
दशैं तिहारलाई मध्यनजर गर्दै सुदूरपश्चिमको मुख्य व्यापारी सहर धनगढीबाट लत्ताकपडा जुत्ता चप्पल, लगायतका दैनिक उपभोग्य नुनु, तेल, दाल चामल जस्ता खाद्यान्न सामाग्रीलाई बाजुरा भित्र्याउने गर्दछन्।
अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु गरेको थियो। तर, पहिरोका कारण एक्स्काभेटर बाटो खोल्न सकेको छैन।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले डिभिजन कार्यालय अछामले, अवरुद्ध सडक सुचारु गर्न विगत लामो समयदेखि डोजरको प्रयोग गर्दै आए पनि वर्षाका कारण समस्या भएको बताए ।
Add Comment