काठमाडौँ । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यावद ज्ञापन कार्यक्रममा उहाँले विकासका लागि सबैको साझेदारी आवश्यक रहेको बताए ।
नागरिकलाई विकासमा जोड्नुपर्ने बताउँदै उहाँले नागरिकलाई विकासमा सहभागी गराउन सकिएन भने विभिन्न बाधा अवरोध देखापर्ने बताएका छन् । विकासमा परिणाम देखाउन नागरिक सहभागिता आवश्यक रहेकाले नागरिक सहभागिताबिना विकास निर्माणका कामले गति लिन नसकिने अनुभवले देखाएको मुख्यमन्त्री भट्टले उल्लेख गरेका छन्
उनले धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका र मुख्यमन्त्री भट्टले धनगढीको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको सुरुआत भएकामा खुसी व्यक्त गरेका छन् ।
प्रदेश सरकार गठन हुँदा नै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न खोज्दा धेरैले स्वीकार गर्न नसकेको उनको भनाइ थियो । प्रदेश सरकार गठन भएदेखि नै समन्वय र सहकार्यको सुरुआत गर्न खोजेको हो, उनले बताए । एक अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा सोचेअनुसार नभएको बताएका छन्। अहिले धनगढी उपमहानगरबाट सुरुआत भएको र यो राम्रो पक्ष हो भने स्थानीय सरकारसँग साझेदारबिना विकासका कार्यक्रम सम्भव नभएको उनको भनाइ थियो ।
बजारमा धेरै विकासका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारको सहयोगबिना सम्भव छैन, उनले भने । धनगढीको मुख्य सडक क्षेत्राधिकार खाली गर्नमा अहिलको नेतृत्वलाई धन्यवाद दिनुपर्छ । धनगढीको मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार खाली गराउने कार्य तीव्ररूपमा भइरहेको छ र त्यो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याइसकेको जानकारी दिएका छन् ।
यसैगरी २ हप्तामा नै बोलपत्र हुने सुदूरपश्चिम प्रदेश सरकारले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले धनगढीको मुख्य सडक १५ दिनभित्र बोलपत्र आह्वान हुने बताएका छन् । धनगढीको मुख्य सडक क्षेत्राधिकार गराउने कार्य तीव्ररूपमा भइरहेको बताए ।
Add Comment