काठमाडाैँ । नयाँ बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको छ।
बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकले प्रतिनिधिसभाको नियमावली अनुमोदन,सभामुख चयन,संसदमा राष्ट्रपतिको सम्बोधन,सरकारले विश्वासको मत लिने तयारीलगायत विषयमा छलफल गर्ने बताइएको छ।
संघीय संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ।

