सेवा विस्तार उद्घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि. द्धारा बुधबार काठमाडौँमा ७ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ द्धारा सम्मानित गरिएको छ ।

देश र जनताको सेवामा सूचना तथा सञ्चारको माध्यमबाट आवाज बुलन्द गरेर योगदान पु¥याए वापत उनीहरूलाई नगद पुरस्कार तथा सम्मान पत्रद्धारा सम्मानित गरिएको हो ।

पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूमा राधा चालिसे–गोरखापत्र, कृष्ण भुषाल–हिमालय टाइम्स, शम्भु ढुङ्गाना–नयाँ पत्रिका, विद्या राई–कान्तिपुर दैनिक, गीता अधिकारी–मिलाप मासिक पत्रिका, भूमिकला पौडेल–अपाङ्गता सञ्चारकर्मी र दिपेन्द्र प्रकाश के.सी.–क्रियटिभ खबर रहेको छ ।

सोही अवसरमा विभिन्न क्षेत्रका २० जना व्यक्तित्वहरूलाई पनि सम्मान पत्रद्धारा सम्मानित गरिएको छ । आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा।लि। को सेवा विस्तार उद्घोषणाको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गरेका थिए ।

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा।लि।का अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा आजका समारोहका सभापति डि.पी. आत्रेयले कार्यक्रमको सभापतित्व ग्रहण गदै अस्तित्व व्यवस्थापनशास्त्रको माध्यमबाट अनौपचारिक रूपमा लामो समय देखि आफ्नो कम्पनीले सेवा दिइरहेको जानकारी दिदै उनले हाल आएर यसलाई औपचारिकता प्रदान गरी सेवा विस्तार गरेको र सोही अवसरमा समाजमा योगदान गरेका व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने सोचले यस कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा कम्पनीले विभिन्न ४२ प्रकारका मानवीय समस्या र जटिलताको प्राथमिक कारणलाई समाधान गर्न सेवाग्राहीलाई सल्लाह, सुझाव, परामर्श, ज्ञान, उपाय तथा उपचारद्धारा सेवा प्रदान गर्ने जानकारी दिइएको छ ।

ताजा अपडेट