जिल्ला निर्वाचन कार्यालयहरुलाई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको हो : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न नखोजिएको र नयाँ ढङ्गले ब्यवस्थापन गर्न खोजिएको दाबी गरेका छन्।

शुक्रबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालसँग आयोगका टोलीको भेटघाटमा प्रधानमन्त्री दाहालले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न नखोजिएको र नयाँ ढङ्गले ब्यवस्थापन गर्न खोजिएको बताएको छ।

प्रधानमन्त्री दाहालले आयोगले प्रारम्भ गर्न खोजेको निर्वाचन व्यवस्थापन ऐन, मतदाता नामावली संकलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्यहरू अगाडि बढाउन नेपाल सरकारको सम्पूर्ण सहयोग रहने बताउँदै जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएकोले अब आयोगको परामर्श बमोजिम नै गरिने कुरा स्पष्ट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।