काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको हातमा सिधै अरबौ कसरी पुर्याउन सकिन्छ भनेर आफुले कार्यविधि बनाउँदै गरेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस क्षेत्रमा छुट्याएको बजेट जनताको हातमा नपुगी विचौलियाको हातमा पुग्ने गरेको बताए । उनले बजेट अब सोझै जनताको हातमा पुर्याउने कार्यविधि बनाउने तयारीमा जुटेको बताए ।
उनले भने,‘ विगतमा अनुदान र सहयोगको नाममा अरबौं रुपैयाँ वास्तबिक श्रम गर्नेहरुको हातमा नगएर विचौलियाको हातमा गयो बालुवामा पानी खन्याको जस्तो पैसा गएर पनि काम भएको छैन् । त्यसैको अनुभवमा अहिले गुणात्मक ढङ्गले सीधै जनताको हातमा अरबौ कसरी पुर्याउन सकिन्छ भनेर कार्यविधि बनाउँदै छु ।’
उनले अहिलेको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी ,कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिएको बताए ।
Add Comment