काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चुरोट र रक्सी चोर बाटोबाट नेपाल भित्रन नदिनको लागि कर कम बढाइएको बताएका छन् ।
मन्त्री महतले दैनिक उपभोग हुने वस्तु आलु र प्याजमा भ्याट लगाउने, चुरोट र रक्सीमा कम कर बढाएको भन्दै आलोचना भएको थियो ।
महतले चुरोट र रक्सीमा समयअनुसार कर बढाएको तर चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिनको लागि कम कर बढाइएको बताए ।
“नेपाल र भारतबीचको सीमावर्ती सहरमा मूल्य करिब एउटै होस् भनेर करलाई समायोजन गर्न खोजिएको छ,” महतले भने, “चोर बाटोबाट यस्ता पदार्थ नेपाल भित्रन नदिनको लागि कर कम बढाउने नीति लिइएको हो ।”

