आज तराईका केहि स्थानमा हुस्सु, धेरै ठाउँमा सफा रहने : मौसम विभाग

Black clouds hover around Kathmandu valley on Friday, January 27, 2017. Photo: /Nagarik/Republica

काठमाडौँ — हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विभागका अनुसार आज तराईका थोरै स्थानहरूमा हुस्स÷कुहिरो लागेको छ । आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।