रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

काठमाडौँ । अन्तत : मुखमा कालो टेप लगाएर वैठकमा बसेका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि रास्वपाको केन्द्रीय समितिको बैठकले निलम्बन गरेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा भनिएको छ–ुमहामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको छ ।

वाक स्वतन्त्रताा लागि लड्ने र बोल्ने पार्टी भन्दै हुँकार गर्दै आईरहेका पार्टी सभापति लामिछानेले मुकुललाई भने त्यही स्वतन्त्रता प्रयोग गर्दा निलम्वन गरेको आरोप छ । रास्वपा रविले जन्माएको पार्टी हो त्यसैले रविले जे भन्छ त्यही हुन्छ । रविको विषय वा उनले ल्याएको विषय भन्दा फरक मत राख्न सो पार्टीमा वन्देज गरिएको छ । मुकुलले फरक विचार र विषय उठान गर्दै आईरहेकै कारण उनी निलम्वनमा परेका हुन्, एक सदस्यले बताए ।