अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री

काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए ।

उनले भने,‘डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिको लागि हामीले प्रयास गर्यौं तर त्योबाट नहुने भएपछि ’डाइरेक्ट रिलिफ’ ले ’वान हार्ट वल्र्डवाइड’ दिएर त्यसमार्फत हामीलाई दिएको छ । दुई तीन महिनामा आउँछ भन्ने आशा थियो । तर प्रकृया लामो भएर आज आइपुगेको छ । ’