आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल ¥याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारीअधिकृत अमितकुमार कयालले संयुक्त रुपमा ग्रहण गरे ।

कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो ।जीवन बीमा समुहमा नेपाल लाइफ इन्स्योरेन्सको आ.व. २०८०/८१ को वार्षिक वित्तिय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वितभएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए ।

नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने  बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सहयोग गर्ने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेको छ ।