सिद्धार्थ बैंकको उपदान तथा अवकाशसम्वन्धी व्यवस्था अब नागरिक लगानी कोषले सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्वन्धी सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तफृबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुन्दरप्रसाद कँडेलले गरेका हुन् ।

यस सम्झौतासँगै सिद्धार्थ बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरु कोषमा हस्तान्तरण भएको छ ।

आन्तरिक राजश्व विभागबाट स्वीकृत अवकाश कोषहरु २०८३ असार मसान्तभित्र नागरिक लगानी कोषलगायतमा आवद्ध हुन समेत नागरिक लगानी कोषले आग्रह गरेको छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ देखि सरकारले साविकमा आन्तरिक राजश्व विभागबाट स्वीकृत प्रदान गरिएका अवकाश कोषहरु नागरिक लगानी कोषलगायतका अन्य कोषमा आवद्ध हुनुपर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन २०८२ मा भएको संशोधन अनुरुप बैंकले आफुले सञ्चालन गर्दै आएइको अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो ।