काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिंदै धरान, लेटाङ र गौरादहमा कार्यक्रम सम्पन्न गरेको छ ।
साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा र साउन ९ गते गौरादह शाखामा कार्यक्रम सञ्चालन गरिएको हो ।
धरानमा ७० जना, लेटाङमा ७२ जना र गौरादहमा ७० जना गरी तीन वटै कार्यक्रममा जम्मा २१२ जना सहभागी सदस्यहरूले प्रत्यक्ष लाभ लिएका छन् ।
कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागे पछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकार दिइएको थियो भने पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो ।
साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।


Add Comment