काठमाडौं । एनआई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच सम्झौता भएको छ । यस बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँद विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पछि बैंक काग्राहहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई २० प्रतिशतसम्म छुट प्राप्तगर्न सकिने छन् । बैंकका ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा पाउन सकिने छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वामोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
बुढा नीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले आप्ना ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


Add Comment