काठमाडौं । दु्र्गा प्रसाईलाई नेपाल प्रहरीले उनकै निवासबाट पक्राउ गरेको छ । पक्राउ पर्दै छाडिँदै आएका प्रसाइँलाई आईतबार विहानै पक्राउ गरेको हो । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ पक्राउ गरिएको प्रहरी जनाएको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।


Add Comment