भाद्र ५ गते विहान विज्ञापन बोर्ड घेराउ गर्दै पत्रकारहरु

काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको विरुद्धमा यतिखेर देशभरका श्रमजीवि पत्रकारहरु संघर्षमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको व्यानरमा सरकाले गरेको लोककल्याण्कारी विज्ञापनको रकम कटौतीको विषयलाई आन्दोलनरत पत्रकारहरुले विभिन्न राजनीतिक दलहका शीर्षस्थ नेतादेखि महालेखा परिक्षक विभागका उच्च अधिकारीहरुसँग भेटघाट गर्दै ध्यानाकर्षण गराईसकेका छन् ।

यद्यपी सरकारले पत्रकारहरुको मागलाई सुनुवाई भने गरेको देखिँदैन । विज्ञापन बोर्डले साउन र भाद्रको लोककल्याण्कारी विज्ञापनको भुक्तानीका लागि असोज ७ गते भित्र म्याद दिए पनि त्यसलाई पत्रकारहरुले अस्वीकार गरिरहेका छन् ।

सरकारले लोककल्याणकारी विज्ञापनमा गरेको विभेदपूर्ण निर्णका विरुद्ध पत्रकार महासंघको नेतृत्वमा भोली सोमबार विहान ८:३० बजे विज्ञापन बोर्डको कार्यालय घेराउ गर्दै छ । विज्ञापन बोर्ड घेराउ गर्न पत्रकार महासंघले पत्रकारहरुलाई अनुरोध मात्र गरेको छैन । सरकारले आफ्नो निर्णय सच्चयाउन र चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सम्वोधन भए जस्तै विगतकै लोककल्याणकारी विज्ञापनको भुक्तानी गराउन अनुरोध समेत गरेको छ ।