काठमाडौं । विपद र आकस्मिक अवस्थामा सामाजिक कार्यका लागि प्रतिवद्ध रहेको विश्वभर फैलिएको रेडक्रस सोसाईटीको नेपाल शाखा बदनामको भारी वोकेर दौडिरहेको छ । नेपाल रेडक्रस सोसाइटी सामाजिक कामका नाममा राजनीति गर्ने र कमाई खाने धन्दा गर्ने संगठनका रुपमा परिचित भईरहेको छ ।
नेपाल रेडक्रस सोसाईटीको विवाद पदाधिकारीहरुको देखिएपनि भित्र भने भ्रष्टाचार, बेथिति नै यसको रुप हो । नेपाल रेडक्रस सोसाईटी अहिले विवादमा परेको मात्र होइन । यसको अस्तित्व नै संकटमा परिसकेको छ । सोसाईटीको पदाधिकारीको निर्वाचनका लागि पटक पटक प्रयास गर्दा पनि हुन सकिरहेको छैन ।
सामाजिक पहिचान सहितको इतिहास बनाएको नेपाल रेडक्रस सोसाईटी भ्रष्टहरुको अखडामा रुपमा चिनिएको छ । कुनै बेला नेपाली कांग्रेसको बलियो संगठन जस्तै बनाइएको सो संस्थालाई पछि एमालेकै भातृसँगठन जस्तै बनाईयो । यी दुई दल निकट व्यक्तिहरुलाई आलोपालो जस्तै गरि केन्द्रिय पदाधिकारी नियुक्ति गरिएको थियो ।
कांग्रेस सत्तामा पुग्दा कांग्रेसकै कार्यकर्ताहरुले कब्जा गर्ने । एमाले सत्तामा पुग्दा एमालले नै त्यसको बर्चश्व सम्हाल्ने गरिएको देखिएको थियो । रेडक्रस सोसाईटीले बदनाम र भ्रष्टाचारको भारी वोक्न थालेपनि कसैले पनि समस्या समाधान गर्न सकेनन् ।
बरु सत्ता नजिककलाई निर्वाचना गराउने भन्दै पटक पटक पदाधिकारी नियुक्ति गराउने, भक्ता खाने, र सवारी साधन दुरुपयोग गर्ने बाहेक केही पनि गर्न सकेनन् । यस अघि पनि इकालोपाटीले त्यहाँको भ्रष्टाचार र बेथितिको कुरा उठान गर्दै आईरहेको थियो ।
तात्कालिन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपाल रेडक्रस सोसाईटीलाई एमालेकै अखडा र कार्यकर्ताहरुको कमाई खाने भाँडो बनाइएको थियो । त्यसबेला ओलीले आफू निकट डा नेत्र तिमिल्सेनलाई नेपाल रेडक्रसको अध्यक्ष बनाएर पठाएका थिए । उनलाई संस्थाको नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने जिम्मेवारी दिइएको भएपनि काम भने गर्न सकेनन् । बरु उनलाई ओलीकै पालामा मलेसियाको राजदूत बनाएर पठाईयो ।
विवादमा चुलिएको नेपाल रेडक्रस सोसाईटीमा सुशासन र बेथितिको अन्त्य गर्ने जेन्जी विद्रोह पछि बनेको नयाँ सरकारले पनि उही पुरानैहरुको हातमा संस्था सुम्पिको छ । प्रधानमन्त्री बालेनले अहिले उनै पुराना अध्यक्ष डा नेत्र तिमिल्सेनाको निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिएका छन् ।
बालेनको नाम भजाउँदै अहिले पनि रेडक्रस सोसाईटी भित्र भ्रष्टाचारको अखडाका रुपमा चिनिएको छ । रोचक कुरा त के छ भने रसुवामा गएको बाढीका कारण रेडक्रसमा काम गर्नेहरुलाई दशैै आएको छ । यस अघि भूकम्पका बेला पनि उनीहरुलाई दशै आएको थियो । जव विपद पर्छ त्यसबेला नागरिकहरुको सेवा गर्ने नाममा त्यहाँ भित्र करोडौं भ्रष्टाचार हुने गर्दछ । जुन अहिले बालेन नेतत्वको सरकारका पालमा पनि चलिरहेको छ ।
भ्रष्टाचार मुक्त गराउने अभियानमा हिँडेको वर्तमान सरकारले उही पुराना भ्रष्ट सोच भएका र हरेक काममा कमिशन खोज्नेहरुलाई नेपाल रेडक्रस सोसाईटीको जिम्मेवारी दिएपछि यसको अस्तित्व संकटमा त थियो नै अझ संकटमा पर्ने संकेत देखिएको छ । बालेन सरकारले नेपाल रेडक्रस सोसाईटीको उदेश्य र लक्ष्य पूरा गर्न पनि कतै आरोप नलागेको व्यक्तिलाई सुम्पिएर जति सक्दो चाँडो निर्वाचन गराएर नयाँ पदाधिकारीबाट सस्था अगाडि बढाउनु पर्ने देखिन्छ ।


Add Comment