काठमाडौँ । बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए।
गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

