गृह मन्त्रालयको पत्रले नेपाल वन्दको चर्चा, जनतामा त्रास

काठमाडौं । फागुन ४ गते नेपाल वन्द भन्ने कुरा सायद कसैलाई थाहा थिएन । आयोजकहरुले वन्दको घोषणा गरेपनि त्यसको प्रचार खासै भएको पनि थिएन । आम नागरिकहरुले वन्दको जानकारी पाएका थिएनन् । जव गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी वन्द असफल बनाउन उच्च सर्तकता अपनाउने शान्ति सुरक्षा कायम गर्ने सूचना नै प्रकाशन गरेपछि जनतामा त्रास फैलिएको छ ।

वन्द थाहै नपाएकाले पनि गृह मन्त्रालयको सूचनाले क्षणभर मै ६ दलले आयोजना गरेको भनिएको वन्द थाहा पाए । स्कूल, कलेजहरुले पनि सोही कारण देखाउँदै मध्यरातमा आएर शिक्षण संस्था वन्द गर्ने निर्णय गरे ।

नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते एमसीसीको विरोधमा नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएको भन्दै शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर सार्वजनिक गरेपछि वन्द सफल बनाउनका लागि सरकार आफै लागेको छ कि भन्ने आशंका पनि उब्जिएको छ ।