सबैलाई समान व्यवहार र रोजगारीको व्यवस्था गर्ने : केशव स्थापित

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लगी काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार दर्ता गरेका केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आयोजना गरेको कार्यक्रममा उनले भने, आफ चुनावमा निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताएका छन् । ।

स्थापीतले काठमाडौंलाई देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले भने, काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था समेत गर्ने बताएका छन् । सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने स्थापितले बताएका छन् ।