मादक पदार्थ सेवन गरेर आफ्नै बुवाको हत्या

काठमाडौँ । प्युठान जिल्लामा मादक पदार्थ सेवन गरेर आफ्नै ८३ वर्षीय बुबाको हत्या गरेको छ । प्युठनको नौबहिनी गाउँपालिका ४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारले आप्नो बुबा जंग बहादुर सुनारलाई हत्या गरेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तुलेले मादक पदार्थ सेवन गरेर सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा बुबा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको छ । सुनुवारको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएका छन् ।