नेप्से परिसूचक दोहोरो अंकले उकालो, एनआईसी एसिया अग्रस्थानमा

काठमाडौं । सेयर कारोबारको पाँचौं दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बजारमा लगातार उकालो लागेको नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा बन्द भएको छ।

नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। नेप्सेका अनुसार २ सय २० कम्पनीको ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार २ अर्ब ४ करोडको सेयर कारोबार भएको थियो। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ मा कारोबार भएको थियो ।

कारोबारका आधारमा आज एनआईबील प्रगति फन्डको सेयर मूल्य १० प्रतिशतले अगाडी रहेको छ । सो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्‍योको छ । कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३० करोड बढीको सेयर कारोबार गरेको छ । १४ करोड १३ लाख बढीको सेयर कारोबार गरी अपर तामाकोशी हाइड्रो पावर दोस्रो स्थानमा रहन सफल भएको छ ।

हाइड्रो पावर समूहको सूचक सर्वाधिक २.०४ प्रतिशत बढ्दा फाइनान्स र माइक्रो फाइनान्स समूहको १ प्रतिशत बढीले मूल्य बृद्धि भई बाँकी १० समूहको सूचक ०.४ देखि ०.५ प्रतिशतले बढ्यो। आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ ।