आगलागीबारे छानविन हुने

काठमाडौं । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा रहेको समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीबारे सरकारले छानविन गर्ने भएको छ।

आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानविन समिति गठन गर्ने बताइन्। उनले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुनसक्ने आशंका गरेकी छन् ।

आगलागीबाट करोडौंको क्षति भएको र आवश्यक कागजपत्र लगायतका सामग्री नष्ट भएको उनले बताइन्। आगलागीको घटनामा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्णरुपमा जलेर नष्ट भएको छ