राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैँक खाता रोक्का गरी कारबाही गरिएको छ । लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिइएका छा् ।

यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा व्यावसायिक फर्म रहेको उान बताएका छन् । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जानकारी दिइएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जाजकारी दिइएको छ । प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा ५ अर्ब ७० करोड ८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६ अर्ब ४ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । अर्थात तोकिएको भन्दा एकसय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ ।

प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ १ अर्ब ११ करोड ४२ लाख ७३ हजार, घरबहाल करतर्फ रु २ करोड ७६ लाख ७२ हजार ,ब्याजकरतर्फ ५ करोड ६ लाख ४२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ९९ करोड ३६ लाख ९७ हजार, अन्तशुल्क करतर्फ ३ अर्ब २४ करोड ७१ लाख ८८ हजार र स्वास्थ्य करतर्फ रु ६१ करोड ४३ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा कार्यालयको आयखकरतर्फ १ अर्ब १२ करोड ९४ लाख ११ हजार,घरबहाल करतर्फ ३ करोड ५३ लाख ७८ हजार, ब्याज करतर्फ ६ करोड ४० लाख, मूल्यअभिवृद्धि करतर्फ १ अर्ब ३३ करोड ४२ लाख, अन्तशुल्क करतर्फ २ अर्ब ९८ करोड ८६ लाख ३६ हजार र स्वास्थ्य करतर्फ रु १४ करोड ९२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।