माला लगाउँदै बालेन्द्रले भने, “आजबाट बालेन्द्र साह महर्जन भने पनि हुन्छ”


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई मर्हजन भन्दा पनि हुने बताएका छन् । काठमाडौका मेयर साहले ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको कार्यक्रम पुगेर सो कुरा बताएका हुन् । काठमाडौं उपत्यकाको फोहोरले सिसडोलका मानिसहरु मर्ने अवस्थामा पुगिरहेको बेला फोहोरको समस्या समाधान नभएसम्म माला नलगाउने उद्घोष गरेका साह आफ्नै भनाईबाट उम्किन सकेनन् । उनले ज्यायु संस्कृति विकास कोषको कार्यक्रममा भव्य स्वागत पाए भने गलाभरी माला पनि लगाए ।

ज्यापु भएर पनि ज्यापु संस्कृति विकास कोषको कार्यक्रममा उपमेयर सुनिता डंगोल गइनन् । तर मेयर बालेन्द्र साह भने दौडदै पुगेका थिए । निर्वाचित भएर शपथ ग्रहणका दिन आफूले लगाउने माला श्रीमतीलाई लगाउन लगाएर रित्तै गला मञ्चमा बसेका बालेन्द्र साहले अव भने मज्जाले सम्मान ग्रहण र माला लगाउने संकेत देखिएको छ ।

कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि पछि दगुर्ने सोच बालेन्द्र साहले पालेको देखिन्छ । ज्यापु उपमेयर उपस्थित नभएको कार्यक्रम बालेन्दै किन पुगे र ज्यापु संस्कृति विकास कोषको कार्यक्रममा गएर उनले माला किन लगाए भन्ने चर्चा चल्न थालेको छ ।

ज्यापु गुठीको कार्यक्रममा जानु अघि काठमाडौंका पूर्व मेयर केशव स्थापितको घरमै गएर भेटघाट गरेका उनलाई स्थापितले नै काठमाडौंको नेवार समुदायलाई नजिक लिन सुझाव दिएका कारण आफ्नो बोलीको लगामलाई समेत लत्याएर बालेन्द्र साहले ज्यापु कोषमा पुगि सम्मान सहितको माला लगाएर आफूलाई मर्हजन भन्दा फरक नहुने बताएका थिए ।