डोल्पामा गठबन्धनबाट धनबहादुर बुढा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी का धनबहादुर बुढा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार उनले ११ हजार दुई सय २५ मत ल्याएका छन् ।

बुढाले ५ हजार ७ सय २७ मतान्तरले नेकपा एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले ५हजार ४ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका अंगद बुढाले छ सय ६१ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बताए अनुसार डोल्पामा कूल २२ हजार ४ सय ४० मतमा १६ हजार ८ सय १४ मत खसेको जानकारी दिएको छ ।