मोरङ ४ बाट माओवादीका अमनलाल मोदी विजयी

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल २४ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ ९२०बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जीवन घिमिरे ९ हजार ६ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिएका छन् । ।