प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरण अनुसार एमालेले ११ लाख २१ हजार २ सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ५ लाख ३१ हजार ५ सय २० रहेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको ४ लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ लाख ८० हजार १ सय ५ जनता समाजवादी पार्टी नेपालको १ लाख ३१ हजार ८ सय १०, नेकपा एकीकृत समाजवादीको ८० हजार ३ सय २, जनमत पार्टीको ८० हजार २ सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार ७ सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ७ सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार २ सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार ४ सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।