काभ्रे–२ बाट नेकपा ऐमालेका बाँस्कोटा विजयी

काठमाडौं । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् ।

उनले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग ५ हजार ८ सय ६३ मतान्तरले निर्वाचित भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३ हजार ३ सय ९१ ले मतदान गरेको थिए ।