भारी मात्रामा बरामद भएको सुन आज पनि गाल्ने काम जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद सुन गाल्न जारी रहेको छ ।

सुनको मात्रा पत्ता लगाउन हिजोबाट सुन गाल्ने कार्यको थालनी भएको थियो । आज पनि नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखाले सुन छुट्याउने काम जारी राखेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।

सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनले बताए ।

राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।