टीकापुर घटना राजनैतिकरुपमा हल गरिने

काठमाडौं, १२ चैत्र । पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको विभत्स हत्या भएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल आज माइतीघर मण्डलामा रेशम चौधरीको रिहाईको माग गर्दै जारी धर्नामा पुगेर त्यस्तो संकेत गरिसकेका छन् ।

बादलले मागप्रति सरकार सकारात्मक भएको र तत्काल वार्ता कमिटी बनाउन भनेका छन् । सरकारले पनि वार्ता कमिटी बनाएर अगाडि बढ्ने तयारी गरेको छ । त्यसैले टीकापुर घटनालाई अब राजनैतिकरुपमा हल गर्ने संभावना रहेको छ ।