होली मनाउने,सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने

काठमाडाैं ।  होली मनाउने सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ ।

सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

पछिल्लो समय संक्रमण दर बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको हो ।