मै हाे महाधिवेशनमा देउवालाई हराउनेः शशांक काेइराला

सिरहा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा आफूले मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् ।

शशाङ्क भन्छन्  ‘न शेखरदा, न रामचन्द्रजी, न त प्रकाशमान शेरबहादुरसँग सभापतिमा लड्नसक्नुहुन्छ । मैले मात्रै देउवालाई हराउन सक्छु,’

सिरहाको लहानस्थित क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटको क्रममा अहिलेको पार्टी नेतृत्वमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

पार्टी राम्रो बनाउने चाहना रहेको तर पार्टीको अवस्था खस्किँदै गएको आफु टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताएका छन् । उनकाे दाबी देखेर कितपयले  घमण्डकाे संज्ञा पिन दिएका छन् ।