सुनको मूल्य घटेर तोलामा ९६ हजार ७ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोला ९०० ले घटेर ९५ हजार ८०० मा कारोबार भएको छ । पहेंलो धातु अघिल्लो दिन तुलनमा ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोला ९५ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो दिन तोलामा ९६ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा तोलामा १० रुपयाँले घटेर १ हजार २५० मा तोकिएको महासङ्घले जानकारी दिउको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८१२ डलरको आसपास कारोबार भइरहेको छ ।