आज १५ वटा केन्द्रमा मतदान जारी

काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा नं १, २ र ९, गढीमाई नगरपालिकाको वडा नं ३ र ६, यमुनामाई गाउँपालिकाको वडा नं १ र २, देवानी गोनाही नगरपालिकाको वडा नं २ तथा फतुवाविजयपुर नगरपालिकाको वडा नं ७ मा मतदान कार्या जारी छ ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं २ र ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा नं २ र तनहुँको व्यास नगरपालिकाको वडा ४ मा मतदान जारी रहेको छ ।