प्रतिनिधि सभाको बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

काठमाडौँ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९ /८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल भइरहेको छ ।

सङ्घीय संसद्को महासचिव डा, भरतराज गौतमले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल जारी रहने जानकारी दिएका छन् ।

बुधबारको बैठकमा योगेशकुमार भट्टराई, झलनाथ खनाल, डा डिला संग्रौला र डा बाबुराम भट्टराईलगायतका सांसदहरुले आर्थिक वर्ष २०७९/ ८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका थिए ।