शैलुङ गाउँपालिका ८ मा एमालेका धनबहादुर विजयी

काठमाडौँ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा शैलुङ गाउँपालिका वडा न. ८ मा एमालेका धनबहादुर तामाङ विजयी भएका छन् । नेपाली काग्रेसका उम्मेदवार भीमबहादुर बुढाथोकीलाई ३ मतको अन्तरले तामाङ विजयी भएका हुन् । उनले ९ सय ९० मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी बुढाथोकीले ९ सय ८७ मत ल्याएका थिए ।

शैलुङ गाउँपालिकाको वडा सदस्य पदमा कृष्ण योञ्जन , मिलन मगर, महिला सदस्यमा तारा देवी थापा मगर र दलित महिला सदस्यमा विमला घतानी विजयी भएका छन् ।