भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार मानन्धरले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेका मानन्धरले ८ हजार ७ सय २३ मत ल्याउँदा एमालेका चौलगाईले ७ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।

यस्तै नगरको उपप्रमुखमा समाजवादीकी उम्मेदवार संगीता पाख्रीनलाई ३ सय ४३ मतले पराजित गर्दै एमालेकी कमला बस्नेत विजयी भइन्। उपप्रमुखमा निर्वाचित बस्नेतले ७ हजार २ सय ६४ मत ल्याएकी छिन् भने उनकी निकटतम प्रत्यासी पाख्रीनले ६ हजार ९ सय २१ मत प्राप्त गरेकी छिन् ।