भरतपुरमा अन्तरजातीय विवाह गर्ने तीन जोडी सम्मानित

काठमाडौँ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका ११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर, १३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर २ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेक छन् । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु १ / १ लाखसहित सम्मान गरेको हो ।

कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताएको छ । उनले भने समाजमा रहेको जातीय विभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नुपर्छ । समाजमा रहेको कुरीति अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।