आमाको हत्या गरेको अभियोगमा २५ बर्षीय छोरा पक्राउ

काठमाडौँ । सुनसरीमा आफ्नै आमाको हत्य गरेको अभियोगमा २५ बर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ । ४२ बर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।