निर्वाचन स्वच्छ, भय र धादलीरहित हुन नसकेको ओलीको आरोप

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ, भय र धादलीरहित हुन नसकेको आरोप लगाएका छन्। बिहीबार संसद् बैठकमा बोल्दै प्रतिपक्षका कारण कुनै स्थानमा निर्वाचन स्थगित नभएको पनि ओलीले स्पष्ट पारे ।

गठबन्धन सरकारले जनप्रतिविहिन बनाउन लागेको समयमा निर्वाचन आयोग र एमालेको दबाबले स्थानीय तहको चुनाव भएको भन्दै एमाले राष्ट्रिय हितको पक्षमा वकालत गर्नेपर्ने पार्टी भएको धारणा समेत राखेका छन् ।

उनले सत्ता गठबन्धनको घोषित गरेको पत्तासाब गराउने नीति निर्वाचनको क्रममा प्रकट भएको दाबी समेत गरे । निर्वाचन हुन नसकेका स्थानमा सत्ता गठबन्धनकै कारण स्थगित भएको उनले बताएका छन् । उनले मोर्चाबन्दीले नपुगेर सत्ता गठबन्धन धाँधलीमा उत्रिएका आरोप लगाएका छन् ।

पञ्चायतकालमा समेत नभएको यसपटक राज्य संयन्त्रको दूरुपयोग गरेर सत्ता गठबन्धनले निर्वाचन गराएको ओलीले दाबी गरेका छन् । सत्ता पक्षकै कारण निर्वाचन भएको १४ दिनसम्म सबै स्थानीय तहको नतिजा आउन नसकेको समेत आरोप लगाए।