सुनको मूल्य तोलामा ४०० घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९७ हजार ८ सयमा तोकिएको छ । अघिल्लो दिन उक्त सुन तोलामा ९८ हजार २ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय छ । अघिल्लो दिन उक्त सुन तोलामा ९७ हजार ७ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा तोलामा ५ ले घटेर १ हजार २ सय ७० पुगेको महासङ्घले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ४५ डलरको आसपासमा कारोबार भइरहेको छ ।