काठमाडौँ महानगरपालिकाको उमप्रमुख डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा एमालेका उम्मेदवारबाट सुनिता डङ्गोल निर्वाचित भएकी छन् । डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ को भारी मतान्तारले पछि पार्दै विजय भएकी हुन् । नव निर्वाचित डङ्गोलले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८ सय ६ मतमा सीमित भए ।

कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख९उपप्रमुखसहित १ सय ६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १ सय ६० प्रतिनिधि रहनेछन् ।

कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोलले विजय हात पारेकी छन् । उनका कामपाको पूर्व नगर प्रवक्तासमेत थिइन ।

करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुन । उनी लिपि क्विन’को उपनामले समेत परिचित छिन् । उनले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आएकी छन् ।

यसअघि डङ्गोलले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी हुन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उनीले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गरेकी थिइन ।

उनीले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाएकी थिइन । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुन् । ३० वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको भन्दै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल हुनेमा ढुक्क छिन् ।

उनीले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बतएकी छन् । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको १८ नगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उनको भनाइ छ ।